निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादव निर्वाचित भएको विवरण अद्यावधिक गरेको छ । आयोगले वेबसाइटमा अपडेट गरेको विवरण अनुसार यादवको १०४३० मत छ । नेपाली कांग्रेसका सामपलटन साहले ९५०२ र एमालेका रामचन्द्र मण्डलले ९३१५ मत प्राप्त गरेका छन् ।
यहाँ रास्वपाका उम्मेदवार किशोरी साह कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकाले उनको उम्मेदवारी खारेजीको निर्णयसँगै आयोगले मत परिणाम सार्वजनिक गरेको थिएन ।
साहको मत बढी आएपछि आयोगले नतिजा घोषणामा ढिला गरेको थियो । पछि दोस्रो मत प्राप्त गरेका यादवलाई विजेता घोषणा गरेर प्रमाण पत्र दिइएको थियो । आयोगको निर्णय पुनरवलोकनको माग गर्दै किशोरी सर्वोच्च पुगेका छन् । उनको रिट उपर सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस