Like us!
Follow us!
Connect us!
Watch us!

बैकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

अर्थ संसार

मंगलबार, १० मंसिर २०७६, १९ : ४० मा प्रकाशित

अर्थ संसार, काठमाडौं -बैकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई आज प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 उच्च अदालत पाटनको २०७६ असार ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा रु तीन लाख ५० हजार जरिवाना र १० दिन कैद सजाय तोकिएका महर्जन फरार थिए । पक्राउपछि महर्जनलाई कैद तथा जरिवाना असुलीका लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको