Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

मिलन खड्का

बुधबार, ११ मंसिर २०७६, १२ : १८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा  निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ । 

 प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी  गरेको विज्ञप्तिमा उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा  हुनुहुन्छ । 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान सो सेन्टरमा जानुभएकोे  र  एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको