Like us!
Follow us!
Connect us!
Watch us!

टिभिएस अपाचे सिरिज २ सम्पन्न

मिलन खड्का

विहीबार, १२ मंसिर २०७६, १३ : २८ मा प्रकाशित

टिभिएस अपाचे सिरिज २ सम्पन्न

अर्थ संसार, काठमाडौं-टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ले सातवटै प्रदेशमा  सम्पन्न गरेको छ ।

कार्तिक २० गतेदेखि मंसिर ४ गते सम्म भएको  कार्यक्रमको प्रमुखआकर्षण महानायक राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागी कलाकारहरुद्धारा टिभिएस अपाचे आरटिआर १६०२ख्रेस इदिसनदबल दिस्कको पनि सातवटै प्रदेशमा सार्वजनिक गरिएको थियो । अपाचे आरटिआर १६० २ख्रेस इदिसनदबल दिस्कको मुख्यआकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगोओभर स्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन् । साथै यसको इन्जिन एयर कूल्ड छ रइलेक्ट्रिक किक स्टार्ट  गर्न सकिने विशेषता युक्त छ । यसैगरी ग्राउण्ड क्लिरेन्स १६५ मिमि रहेको छ।  

१ नं प्रदेशको विर्तामोडबाट आरम्भ भएको यो कार्यक्रम वीरगन्ज,चितवन, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर,हुँदै अन्तिममा ४ नं प्रदेशको पोखरामाआई समाप्तभएको थियो ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको