कम्प्लेक्समा १५ देखि १ सय जनासम्म अटाउने ६ वटा हल छन् । सेन्टरका हरेक हलमा भिडियो कनफरेन्सिङ सुविधा छ । सेन्टरले कार्यक्रम गर्न चाहनेहरुलाई स्पेस प्रदान गर्नेछ । सेन्टर आफैंले सीटिईभिटी र लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न किसिमका तलिमसमेत प्रदान गर्ने संचालक सुदीप कोइरालाले जानकारी दिए ।
तालिम केन्द्रमा ४५ जनालाई सेवा दिन सकिने इन्डोर र १ सय ५० जनालाई सेवा दिन सकिने आउट डोर रेस्टुरेन्ट छ । सेन्टरमा १ सय ३५ जनालाई आवासीय सुविधा उपलब्ध गराउन सक्ने सिंगल र कमन बेड रुम छन् । आइसिए सेन्टरले अनलाइन र फिजिकल लाइव्रेरीसमेत स्थापना गरेको छ ।
सेन्टरमा साउना, जिमलगायतका सुविधासमेत छन् । ट्रेनिङ्ग सेन्टरले विजनेस इन्कुभेसन सेन्टरसमेत संचालन गरेको छ । नयाँ खालका बिजनेश आइडिया ल्याउनेलाई सेन्टरले १ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म सहयोग गर्ने कोइरालाले जानकारी दिए ।
ट्रेनिङ सेन्टरले ह्यान्डी म्यान सपोर्ट सर्भिसमार्फत घरघरमा आवश्यक १२५ प्रकारका सीपयुक्त जनशक्तिसमेत उपलब्ध गराउने बताएको छ । सेन्टर स्थापना गर्न ४ करोड लगानी गरिएको अर्का संचालक भरत तिमिल्सिनाले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस