अर्थ संसार, काठमाडौं- एभरेष्ट बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ८.५% देखि ९ .२५ % प्रतिशत सम्म र संस्थागततर्फ ७ देखि ८.५० प्रतिशत ब्याज दिने भएको छ।
बैंकको बचतमा अधिकतम ६ प्रतिशत र न्यूनतम ४ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल २७ प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ ।
साथै एभरेष्ट बैंकले आधारदर सार्वजनिक गरेको छ । बैंकको आधारदर ८.५२ प्रतिशत छ भने इस्प्रेड दर भने ५.२५% रहेको छ । यो सूचना अनुसार यो दरहरु मङ्सिर १५ गते बाट लागु हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस