Like us!
Follow us!
Connect us!
Watch us!

पचास स्थानको नतिजा सार्वजनिक

मिलन खड्का

सोमबार, १६ मंसिर २०७६, १० : २७ मा प्रकाशित

पचास स्थानको नतिजा सार्वजनिक

अर्थ संसार, काठमाडौं–शनिबार भएको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनको प्राप्त पछिल्लो ५२ पदका लागि मत परिणामअनुसार  नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) अग्रस्थानमा  छ । हालसम्म घोषित ५० स्थानको मतपरिणाममा नेकपाले २९ स्थानमा विजय हासिल गरेको छ ।

 प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले चार स्थानमा विजय प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार तीन स्थानमा विजयी भएका छन् भने एक  स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।  

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र  २३ वडाध्यक्ष पद जितेको छ ।  काँग्रेसले भने एक प्रदेशसभा सदस्य र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो ।  समाजवादीका उम्मेदवार चार र राजपाका उम्मेदवारले तीन वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवारले  बागलुङमा प्रदेशसभा सदस्य जितेका छन् भने एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगबाट थाहा भएको छ ।

 धरान उपमहानगरपालिकाको प्रमुखको पछिल्लो मतपरिणामअनुसार काँग्रेसका तिलक राईले २५ हजार ९९५ र नेकपाका प्रकाश राईले २३ हजार ३९२ मत पाउनुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको