Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैकलाई साफ उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

अर्थ संसार

मंगलबार, १७ मंसिर २०७६, १० : ५० मा प्रकाशित

महालक्ष्मी विकास बैकलाई साफ  उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

अर्थ संसार, काठमाडौं– सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स  द्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास बैंक लिमिटेड पुरस्कृत भएको छ ।

बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जित्न सफलभएसँगै सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैकका तर्फबाट मेरिट सर्टिफिकेट हासिल गर्न सफल भएको हो ।

नोभेम्बर ३०, २०१९ तारिखमा बङगला देशको ढाकामा सम्पन्न एक समारोहकाबीच बङगला देशका वाणिज्य मन्त्री  टिपु मुन्सिएमपि ले बैंककाप् रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरण गर्नु भएको थियो ।

आगामी दिनहरुमा संस्थाको पारदर्शिता,जवाफदेहिता र सुशासनमा अभिबृद्धि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्न बैंक सधै प्रयासरत रहने जनाएको छ ।

5de5ee8943d0b.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको