Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र नेपाल हस्तकला महासंघबिच सम्झौता

अर्थ संसार

बुधबार, १८ मंसिर २०७६, १० : ४६ मा प्रकाशित

नबिल बैंक र नेपाल हस्तकला महासंघबिच सम्झौता

अर्थ संसार,काठमाडौं– १७ औं हस्तकला ट्रेड फेयर तथा १५ औं क्राफ्ट  प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघ बिच सम्झौता भएको छ ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत  अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्य बिच सो सम्झौता हस्तकला ट्रेड फ्यरको उद्घाटन समारोहमाभएको छ । यस सम्झौता संगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने प्रतिबद्धता लिएको छ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो, “ हस्तकला क्षेत्रको संरक्षणको र उन्नतीको लागी नबिल बैंक सधैं भरीतत्पर रहनेछ । हस्तकला क्षेत्रको उत्थानका लागी नेपाल हस्तकला महासंघ संग सहकार्य गर्न पाउंदा हामी निकै खुशी छौं ।

यो सहकार्यले हस्तकला क्षेत्रमा आबद्ध भएकाव्यक्तिगत तथा व्यवसायहरुलाई लाभ हुने विश्वाश हामीले लिएका छौं ।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द« भाई शाक्यले भन्नुभयोे, “नेपाल हस्तकला महासंघले नबिल बैंकलाईहस्तकला मैत्री बैंक २०७५÷७६ घोषणा गर्न पाउंदा हामीलाई निकै खुशी लागेको छ ।निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षोशाहित भएका छौं ।

नबिल बैंकले ९२ वटा शाखाहरु, १४२ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्नासबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको