अर्थ संसार, काठमाडौं- १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटरको प्रतियोगितामा नेपाली धावक दीपक अधिकारीले कास्य पदक जित्नुभएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको १० हजार मिटर दौडमा अधिकारीले सो दौड ३० मिनेट ५०.०६ सेकेण्डको समय खर्चदै कास्य पदक प्राप्तगर्नु भएको हो। सोही प्रतिस्पर्धामा भारतका सुरेश कुमारले स्वर्ण पदक जित्नुभयो भने श्रीलङ्काको सान मुगेशश्वरले रजत पदक हात पार्नुभयो।
कुमारले निर्धारित दूरी २९ मिनेट ३३.६१ सेकेण्ड समय खर्चदै पूरा गर्नुभयो भने श्रीलङ्कामन मुगेशश्वरले ३० मिनेट ४९.२० सेकेण्डको समय लगाउँदै रजत पदक हात पार्नुभयो। सोही स्पर्धामा हिजो भएको महिलातर्फको प्रतियोगितामा नेपालका सन्तोषी श्रेष्ठले स्वर्णपदक हासिल गर्नुभएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस