Like us!
Follow us!
Connect us!
Watch us!

चिनियाँ विदेश मन्त्री भारत जाने, सीमा विवादबारे छलफल गर्न

मिलन खड्का

विहीबार, १९ मंसिर २०७६, १२ : २२ मा प्रकाशित

चिनियाँ विदेश मन्त्री भारत जाने, सीमा विवादबारे छलफल गर्न

अर्थ संसार, नयाँ दिल्ली- चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्ने तयारी भएको छ । 

दुई पक्षका बीचमा भ्रमणबारे आन्तरिक रुपमा तयारीहरु भइरहेकाले उहाँको भ्रमण यही महिनाको अन्त्य तिर हुने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन् । 

स्रोतले दिएको जानकारीअनुसार दुई देशको सिमानाका विषयमा छलफल गर्न उहाँ भारत आउन लाग्नु भएको हो ।

चिनियाँ विदेश मन्त्री वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग पनि भ्रमणका क्रममा भेटवार्ता गर्नुहुने जनाइएको छ ।  

सन् २०१७ मा डोक्लामको विषयलाई लिएर भारत र चीनबीच विवाद बढेको थियो । यसले नयाँ दिल्ली र बेइजिङबीचको सम्बन्धमा चिसोपना बढाएको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङका बीचमा गत अक्टोबरमा महाबलिपुरममा भएको अनौपचारिक भेटवार्तापछि अहिले सबैभन्दा उच्चस्तरको चिनियाँ भ्रमण हुन लागेको हो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको