अर्थ संसार, शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ। जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो।
उहाँका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाउनुभयो। हत्यामा उहाँका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको जिकिर छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताउनुभयो।
उहाँले भन्नुभयो, “घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफ्नो काम थाल्ने छ।” शरीरमा आगो लागेपछि यही मङ्सिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पु¥याइएको थियो।
उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उहाँलाई सेती पहिले प्रादेशिक अस्पताल कैलाली र पछि भारतको बरेली लगिएको थियो। बरेली अस्पतालले उहाँको स्वास्थ्यावस्थामा सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उहाँको मृत्यु भएको थियो। भावना र शर्माबीच दुई वर्षअघि मात्रै विवाह भएको उहाँको घरपरिवारले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस