अर्थ संसार, काठमाडौं–नेपालको बैंकिङ्ग क्षेत्रमा आज इतिहास रचिएको छ,दुई वाणिज्य बैंक ग्लोबलआइएमई बैंक र जनता बैंक नेपालबीचको मर्जर पछि  नेपालकै ठूलो वाणिज्य बैंक बनेको छ। यस्तो वित्तीय विवरण हाल सञ्चालनमा रहेका कुनै पनि बैंकको छैन।  
बैंकको आजबाट एकीकृत कारोबार सुरु भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि जोडी खोजिसक्न सबै बैंकलाई दिएको निर्देशन अनुसार ग्लोबल आइएमई र जनता बैंक नेपालबीच मर्ज गर्ने सहमति गरेर राष्ट्र बैंकमा पुगे।दुबै बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक रहेने सहमति भएको थियो।  
ग्लोबल आइएमई बैंकको विभिन्न वित्तीय संस्थासँग गरेर यो एघारौ मर्जर हो भने 
जनता यस अगाडी  ७ वटासँग मर्जर  गरिसकेको छ।  
दुबै  बैंकको मंसिर २ मा सम्पन्न वार्षिक साधारण सभा सम्पन्नले मर्जरलाई हरियो झण्डा देखाएपछी  नेपाल राष्ट्र बैंकको आएको अन्तिम स्वीकृति प्रश्चात एकीकृत कारोबार सुरु भएको हो । मर्जरका कारण हाल दुबै बैंकको दोश्रो बजारमा कारोबार रोकिएको छ।  
दुबै बैंकको सम्भौतामा अध्यक्षमा चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । 
त्यस्तै मर्जरपछि बन्ने बैंकको सीईओ परशुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सीईओ महेश शर्मा ढकाल वरिष्ठ डेपुटी सीईओ हुने सहमति भएको छ ।
मौद्रिक नीतिमा विग मर्जरको बाध्यकारी व्यवस्था नगरिएपछि बैंकहरु त्यो बाटो त्यागेर ऋणपत्र निष्कासन गर्ने बाटोमा हिंडेका छन। नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरु मर्जरको बाटो त्यागेर ऋणपत्र जारी गर्ने तर्फ होमिएका छन ।
तर  हतारमा निर्णय गरेपनि लगानीकर्तालाई चाही यस मर्जरपछि फाइदा नै हुने देखिन्छ, मर्जरले ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बनाउने छ  । संयुक्त बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस