अर्थ संसार, १३औँ दक्षिण एशियाली खेलकूद (साग)को टेबलटेनिसअन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जित्नुभएको छ। लैनचौरस्थित टेबलटेनिस हलमा आज भएको सेमिफाइनल खेलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्य पदकमा चित्त बुझाउनुभएको हो ।
सो विधामा नेपाले ऐतिहासिक पदक जितेको हो। सागमा पुरुष एकल विधामा दुई खेलाडीले पदक जितेको यो पहिलो पटक हो। सेमिफाइनलमा स्यान्टु भारतका अमलराज एन्थोनिसँग ४–० ले पराजित हुनुभयो । स्यान्टुलाई भारतका अमलराजले ११–४, १२–१०, ११–८ र ११–२ ले पराजित गर्नुभयो। अर्को सेमिफाइनल खेलमा बज्राचार्य भारतका हर्मित देशाईसँग समान ४–० ले नै पराजित हुनुभयो । उहाँ हर्मितसँग ११–५, ११–४, ११–१ र ११–४ ले पराजित हुनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस