Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौंका

अर्थ संसार

आइतबार, २२ मंसिर २०७६, ११ : ५४ मा प्रकाशित

लक्ष्मी बैंकको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौंका

अर्थ संसार, काठमाडौं-लक्ष्मी बैंकको १५  प्रतिशत लाभांश सुरक्षित गर्ने आज आइतबार आज अन्तिम मौका हो ।

पुस ६ गते साधारण सभा बोलाएको बैंकले सोमबार (मंसिर २३ गते) बुक क्लोज गर्दैछ । यसर्थ, आइतबारसम्म मात्र कायम सेयरधनीले लाभांश पाउनेछन् ।

लक्ष्मीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंकले ८९ करोड २० लाख ५० हजार ९०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

हाल लक्ष्मीको चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ९ अर्ब ८१ करोड २५ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको