अर्थ संसार, काठमाडौं-नेपालकै पुरानो र प्रतिष्ठित व्यवसायिक घराना एमभी दुगड़ ग्रुपद्धारा प्रर्वद्धित निर्माणाधिन २९.४ मेगावाट विद्युत क्षमताको  लिखु–एको सुरुङ तथा सवै भूमिगत संरचनाको निर्माण ८ महिनामा सम्पन्न भएको छ । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भई बग्ने लिखु नदीमा नेपालकै पुरानो र प्रतिष्ठीत औद्योगिक घराना एमभी दुगड़ ग्रुपद्धारा प्रवद्र्धित ३ वटा जल विद्युत आयोजनाहरु निर्माणको क्रममा रहेका छन् ।
जलविद्युत आयोजना निर्माणको इतिहासमा छोटो समयमा सुरुङ्ग निर्माण पूरा भएको कम्पनीले  लिखु–ए जलविद्युत आयोजनाबाट आगामी २०७७ आषाढ महिना अगावै विद्युत उत्पादन गरी उक्त विद्युत देवीटारस्थित राष्ट्रिय प्रशारण लाईन न्यू खिम्ती विद्युत सव स्टेशनमा जोडिने  कम्पनीद्धारा जारी विज्ञप्तिमा छ । 
त्यस्तै गरी लिखु नदीमा ग्रुपद्धारा प्रवद्र्धित अन्य दुई जलविद्युत आयोजनाहरु ५५ मेगावाट क्षमताको लिखु–२ र ७७ मेगावाट क्षमताको लिखु–१ जलविद्युत आयोजनाहरु समेतको द्रुत गतिमा निर्माण कार्य भईरहेको ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बताए । एम.भी.दुगड़ ग्रुप द्धारा लिखु नदीमा प्रवद्र्धित तीनवटै परियोजनाहरुको जडित क्षमता १५८ मेगावाट हुनेछ । तीनवटै परियोजनाको पहुुँच मार्गलगायत स्थानिय जनसमूदायसमेतको लागि परियोजनाले आफ्नै खर्चमा न्यूनतम २० फुट चौडा र १२ महिना नै चल्न सक्ने ढंगले सडकको डिजाईन गरी नयां सडकलगायत सडकको स्तरोन्तिसमेत गरी लगभग १२५ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै कन्स्ट्रक्सन पावरको लागि परियोजनाले ३३ केभि क्षमताको लगभग ४५ किलोमिटर लामो ट्रान्समिसन लाईन आफ्नै खर्चमा निर्माण गरिसकेको समेत जानकारी दिएको छ । यी परियोजनाहरुमा ‘विदेशी प्रत्यक्ष लगानी’ (एफडीआई) समेत आउने गरी लगानी सम्झौता समेत भई आवश्यक स्वीकृतिको लागि सम्वन्धित निकायमा प्रक्रियामा रहेको पनि कम्पनीले जानकारी गराएको छ  ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस