अर्थ संसार, काठमाडौं – आज (शुक्रबार) मलेसियन रिंगिट, कोरियन वन, कुवेती दिनार र ओमानी रियालको भाउ बढेको छ । अरु विदेशी मुद्रा भने स्थिर रहेकाे छ ।
नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ पैसा नै थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा नै रहेकाे थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा नै थियो ।
ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ ५३ पैसा रहेको छ । हिजो खरिददर २९२ रुपैयाँ ९९ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा रहेको थियो।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ १४ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा रहेको थियो ।
आज कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३२ पैसा रहेको थियो ।
बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर २९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ४० पैसा रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस