Like us!
Follow us!
Connect us!
Watch us!

बस दुर्घटनामा १२ जनाको मृत्यु, १८ घाइते

अर्थ संसार

आइतबार, २९ मंसिर २०७६, १० : २८ मा प्रकाशित

बस दुर्घटनामा १२ जनाको  मृत्यु,  १८ घाइते


अर्थ संसार, चौतारा -सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो ।

दुर्घटनामा  १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएकोे र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको