Like us!
Follow us!
Connect us!
Watch us!

डलर साट्ने प्रलोभनमा पारी १२ लाख रुपैयाँ ठगी

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १३ : २२ मा प्रकाशित

डलर साट्ने प्रलोभनमा पारी १२ लाख रुपैयाँ ठगी

अर्थ संसार, काठमाडौं – ललितपुरकाे महालक्ष्मी नगरपालिका –२, ईमाडोलबाट हिजाे डलर साट्ने प्रलोभनमा पारी १२ लाख रुपैयाँ ठगी भएकाे छ । काठमाडौं बौद्ध बस्ने डोल्पा घर भएका ४० वर्षीय छेवाङ तन्दुर गुरुङको साथबाट नगद १२ लाख रुपैयाँ  ठगी भएको हाे ।

अपरिचित व्यक्तिहरुले डलर साटिदिन्छु भनी प्रलोभनमा पारी गुरुङलाई ईमाडोलमा बोलाई रुपैयाँ आकारको कागजको विटो दिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएका प्रहरीले जनाएकाे छ ।

प्रहरीले फरार व्यक्तिहरूको खोजी गर्दै घटनाकाे आवश्यक अनुसन्धान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको