Like us!
Follow us!
Connect us!
Watch us!

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक उज्यालो अभियान सुरु

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १४ : ३० मा प्रकाशित

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक उज्यालो अभियान सुरु

अर्थ संसार,काठमाडौं – दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियान सुरु गरेको छ । उपत्यकाको ट्राफिक व्यवस्थानलाई सहज बनाउने र जनचेतना फैलाउने उद्देश्ले याे अभियानको सुरु गरिएको हो ।

कार्यक्रम सडक प्रयोगकर्ता, पैदलयात्री, चालक–सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिनेछ । उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुने महाशाखाले जनाएको छ ।

ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुर्‍याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान सुरु गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको