Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै मुक्तिनाथ विकास बैंकको साधारणसभा सम्पन्न

अर्थ संसार

मंगलबार, ०१ पुस २०७६, १७ : ०३ मा प्रकाशित

लाभांश पारितसँगै  मुक्तिनाथ विकास बैंकको साधारणसभा सम्पन्न

अर्थ संसार, काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले मंसिर ३० गतेका दिन पोखरामा आफ्नो तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभाँस र १७.६०बोनस सेयर सहित) १८.५३प्रतिशत लाभाँस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष  खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य  नारायण प्रसाद पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राख्नु भएको थियो। सोही समारोहमा बैंकका पूर्व अध्यक्षहरु  खगेन्द्रराज रेग्मी र  मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पार्नुभएको थियो ।

यस वार्षिक साधारण सभामा बैंकको नयाँ सञ्चालक समिति पनि गठन भएको छ ।सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । नयाँ सञ्चालक समितिमाभरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ,  रविन्द्र मान श्रेष्ठ,  निर्मला कुमारी के.सी. (कार्की) र  शालिग्राम मिश्रको चयन भएको बैंकका प्रमुख सुचना अधिकृत तिल बहादुर गुरुङ्गले बताउनुभयो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको