Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंककाे नयाँ बचत खाता शुभारम्भ, के-के छन् सुविधा ?

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, १२ : ३० मा प्रकाशित

सेञ्चुरी बैंककाे नयाँ बचत खाता शुभारम्भ, के-के छन् सुविधा ?

अर्थ संसार, काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाताकाे शुभारम्भ गरेकाे छ । आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै बैंकले नयाँ बचत खाता 'Century Saving Plus Account' को शुभारम्भ गरेको हाे ।

खाताको शुभारम्भ बैंकका प्रमुखकार्यकारी अधिकृत तुलसी राम गौतमले गर्नुभएको थियो । साथै सो कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरूको समेत उपस्थिती रहेको थियो ।

उक्त खाताकाे न्यूनतम मौज्दात रू. ५०,००० रहेकाे छ । सो खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने छ । खातावालाहरूलाई रू. १० लाख सम्मको प्राणघातक रोग/दुर्घटना/दीर्घकालीन अशक्तताको बीमा IME General Insurance Ltd. बाट गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, खातावालाहरूले नेपालका अन्य कुनै बैंकको ATM बाट पैसा निकाल्दा शुल्क लाग्ने छैन ।

यसका साथै, खातावालाहरूलाई नि:शुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा समेत विशेष छुट दिइनेछ । 

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरू र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर १०० शाखाहरू र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको