Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीमा १ करोड ५३ लाख राजश्व छली

अर्थ संसार

विहीबार, ०३ पुस २०७६, ०८ : ४० मा प्रकाशित

सुनचाँदीमा १ करोड ५३ लाख राजश्व छली

अर्थ संसार, काठमाडौं -राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

 कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजश्व चुहावट गरेको पाइएकाले रु एक करोड ५३ लाख १५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजश्व अनुसन्धान विभाग ललितपुरले जनाएको छ ।

 उनीहरुले रु एक करोड २३ लाख मूल्य बराबरको सुन र झण्डै रु चार लाख बराबरको चाँदीमा राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । उनीहरु विरुद्ध बुधबार मुद्दा दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बा १९ च ७४१३ नम्बरको गाडी जाँच गर्दा बिना बिलविजक उक्त मूल्यको सुन र चाँदी फेला पारी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो । अनुसन्धानमा कुनै वैधानिक प्रमाण फेला नपरेकाले सैजु र चौधरीले बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरी ल्याएको देखिएको विभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको