Like us!
Follow us!
Connect us!
Watch us!

कैलाश विकास बैंककाे लाभांश घाेषणा, कति दिने भाे ?

निशा हुमाँगाई

शुक्रबार, ०४ पुस २०७६, १० : १२ मा प्रकाशित

कैलाश विकास बैंककाे लाभांश घाेषणा, कति दिने भाे ?

अर्थ संसार, काठमाडौं- कैलाश विकास बैंकले आफ्ना शेयरधनीलाई १८.७७ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे छ ।  बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हाे । 

बैंकले पुस २५ गते २६औं वार्षिक साधारण सभा गर्ने तय गरेको छ । बैंकले चुक्ता पुँजीमा १६ प्रतिशत अर्थात् ४० करोड ३३  लाख वोनश शेयर र ६ करोड ९८ लाख नगद लाभांश दिने भएको हो । 

त्यसैगरी, साधारण सभाले प्राइम कमर्सियल बैंकमा गाभिने विशेष प्रस्ताव पनि पारित गर्ने भएकाे छ ।साथै, प्राइम कमर्सियल बैंकले पनि सोही दिन साधारणसभा गरी कैलाश प्राप्ति गर्ने निर्णय गर्दैछ । साधारण सभाले कैलाश र प्राइमबीचको सेयर अनुपात पनि पारित गर्ने छ ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको