Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको शेयर मूल्य समायोजन

निशा हुमाँगाई

शुक्रबार, ०४ पुस २०७६, १० : ४९ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । एनएमबि बैंक, इन्फिटी माइक्रोफाइनान्स, एभरेष्ट बैंक र पोखरा फाइनान्सको शेयर मूल्य समायोजन भएको हो ।

ती कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट प्रस्ताव गरेको नगद लाभांश र बोनस शेयरसहित सहित नयाँ शेयर मूल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।

एनएमबि बैंक

एनएमबि बैंक लिमिटेडको २१ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ३३२ रुपैयाँ २३ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था

नेप्सेले यस कम्पनीको १० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ५१९ रुपैयाँ ०९ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

पोखरा  फाइनान्स

यस फाइनान्सको ७ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १३७ रुपैयाँ ३८ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

एभरेष्ट बैंक लिमिटेड

नेप्सेले यस बैंकको ५ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ५४१ रुपैयाँ ९० पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।

5dfc5d9a35701.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको