Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तले बाेलायाे एजीएम कहिले, कहाँ र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

शुक्रबार, ०४ पुस २०७६, १४ : ५१ मा प्रकाशित

महुली लघुवित्तले बाेलायाे एजीएम कहिले, कहाँ र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं - महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण सभा बाेलाएकाे छ । संस्थाले सातौं वार्षिक साधारण सभा पुस २६ गतेलाई बोलाएको हाे । सभामा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २०% बोनस सेयर र ११.५७९% नगद लाभांश गरी कुल ३१.५७९% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएकाे छ । उक्त सभा महुलीको कार्यालय सप्तरीमा ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा रहेकाे छ । अरु कुनै वित्तीय संस्थाहरु गाभ्न वा गाभिन परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेकाे छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि राखिएको छ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि राखिएको छ । सभा प्रयोजनका लागि महुलीले पुस १४ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको