Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामिण विकास लघुवित्तले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

शुक्रबार, ०४ पुस २०७६, १५ : २२ मा प्रकाशित

ग्रामिण विकास लघुवित्तले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं - ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा बाेलाएकाे छ । उक्त सभा पुस २५ गते तिलोत्तमा नगरपालिका ३ योगीकुटी रुपन्देहीमा रहेकाे होटल पौवामा हुने भएको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

साभामा हाल कायम रहेको अधिकृतपूँजी रू.१ अर्बमा वृद्धि गरी रू. २ अर्ब पुर्‍याउने र सोही बमोजिम प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने एजेन्डा रहेको छ । 

त्यसैगरी, सभामा यस कम्पनी र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती प्रयोजनका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने सहमतिपत्रमा हस्तारक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने एजेन्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका पुस १४ गते देखि २५ गते सम्म बन्द रहनेछ । पुस १३ गते सम्म शेयर किन्ने शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको