Like us!
Follow us!
Connect us!
Watch us!

यूनियन लाइफको आइपिओ निश्कासनको लागि साधारणसभाले दियो स्वीकृती, यस्तो छ तयारी ?

अर्थ संसार

शुक्रबार, ०४ पुस २०७६, १७ : १७ मा प्रकाशित

यूनियन लाइफको आइपिओ निश्कासनको लागि साधारणसभाले दियो स्वीकृती, यस्तो छ तयारी  ?

अर्थ संसार, काठमाडौं– यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सभा शुक्रबार सम्पन्न भएको छ ।

कम्पनीको वार्षिक साधारण सभाले संचलाक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४/०७५ को वार्षिक प्रतिवेदन, आ.ब. २०७४/०७५ को लेखा परिक्षणको प्रतिवेदन, वासलाततथानाफा–नोक्सान हिसाब, नगद प्रवा हविवरण तथा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) बमोजिमको वित्तीयविवरण समेत स्वीकृत गरेको छ ।
यसै गरी आ.ब. २०७५/०७६ कालागि लेखा परीक्षकको नियूक्ती तथा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्र्तगत भएका खर्चहरु समेत स्वीकृत गरेको छ ।

साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आइपिओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरेको छ ।

आइपिओ निष्काशनका लागि यस अघि २०७४/०७/१५ गते भएको प्रथमवार्षिक साधारण सभाले निर्णय गरिसकेको छ । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुनआउने ६४ करोड २० लाखको बराबरले हुनआउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको दोस्रो वार्षिक साधारण सभामा अध्यक्ष  शुलभ अग्रवालले मन्तव्य राख्दै नयाँ कम्पनी भएर पनि यूनियन लाइफले गरेको प्रगती प्रशंसा योग्य रहेको र आगामी दिन प्रभावकारी योजना सहित कम्पनीलाई आम नागरिकको भरोसा योग्य कम्पनी बनाउने बताउनु भयो ।

यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बीमा क्षेत्रमा यूनियन लाइफले गौरबमय उपस्थिती बनाउन सफलभएको जनाउदै कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने जानकारी गराउनु भयो ।
कम्पनीले देशको संघिय ढाँचा अनुसार प्रादेशिक कार्यालय र उक्त कार्यालय मातहत रहने गरी शाखा तथा उपशाखा कार्यालयहरु स्थापना गरी देशव्यापी  पहुँच कायम गर्न सफल भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको