Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माईकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, १० : ३७ मा प्रकाशित

सानिमा माईकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – आज (पुस ६ गते, आइतबार) सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न घोषणा गरेको १०.५२% लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ ।

हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भाेली (पुस ७ गते सोमबार) बुकक्लोज गर्नेछ। त्यसैले,  आज (पुस ६ गते) सम्म नेप्सेमा शेयर खरिद गरी शेयरधनी कायम रहेका लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्नुका साथै सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

हाइड्रोपावरको आठौँ वार्षिक साधारण सभा पुस २७ गते सेलिब्रेसन हाईट, सुकेधारामा बिहान ११ बजे शुरु हुने भएकाे छ।

उक्त सभामा गत वर्षको नाफाबाट कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरिनेछ ।

त्यसैगरी, सभामा बोनस सेयर निष्कासन प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको