Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सकाे दोश्रो बार्षिक साधारण सभा सम्पन्न

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, १२ : ०० मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सकाे दोश्रो बार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार, काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोश्रो बार्षिक साधारण सभा हिजाे मिति २०७६ पौष ५ गते शनिवारका दिन मेरियट होटल नक्साल काठमाडौंमा सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष श्री अनुज क्यालको अध्यक्षतामा संचालन भएको सभाले सामान्य प्रस्तावमा बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायत बित्तीय विवरण प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व २०७५/०७६ को लेखा परीक्षण कार्यको लागि लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मंसिर मसान्त सम्मको अवधिमा २१ शखा र ७७ उपशाखा कार्यालय संचालन गरी करीब १५,००० अभिकर्ता संरचना तयार गर्नुका साथै छोटो अवधिमा नै उल्लेखनीय बीमालेख बिक्री गरी अधिराज्य भरी आफ्नो संजाल र कारोवार बिस्तार गर्न सफल भएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको