Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ रेमिटको रेमिट्यान्स अभियानका विजेतालाई विभिन्न पुरस्कार वितरण, के-के दिइयाे ?

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, १२ : ३१ मा प्रकाशित

मुक्तिनाथ रेमिटको रेमिट्यान्स अभियानका विजेतालाई विभिन्न पुरस्कार वितरण, के-के दिइयाे ?

अर्थ संसार, काठमाडौं – मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी सञ्चालन गरेको रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियानका भाग्यशाली विजेताहरूलाई विभिन्न ७६ पुरस्कारहरू वितरण गरिएको छ । 

यस अभियान अन्तर्गत तोकिएको अवधि भित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउनु हुने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिनु हुने सम्पुर्ण ग्राहकवर्गहरू मध्यबाट भाग्यशाली विजेताहरूलाई विभिन्न ७६ पुरस्कारहरू वितरण गरिएको हो ।

७६ पुरस्कारहरू मध्ये २५ जनालाई Bluetooth Speaker, २० जनालाई Pressure Cooker, १५ जनालाई Smart Mobile Set, ७जनालाई TV 32" Smart HD, ५ जनालाई Fridge 200 ltr., ३ जनालाई Laptop, १ जनालाई Scooter वितरण गरिएको छ । भाग्यशाली विजेताहरूको घोषणा २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको Facebook Page मार्फत Live गरिएको थियो । 

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरू मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आईरहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरू पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सूचनाअधिकारी श्री तिलबहादुर गुरूङ्गले बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको