Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय उर्जाले बाेलायाे साधारण सभा, लाभांश वितरण नगर्ने

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, १४ : २३ मा प्रकाशित

हिमालय उर्जाले बाेलायाे साधारण सभा, लाभांश वितरण नगर्ने

अर्थ संसार, काठमाडौं – हिमालय उर्जा विकास कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीकाे पुस २ गते बसेको सञ्चालक समितिको बैठकले बिना लाभांश पुस २५ गते गत दुई आर्थिक वर्षको साधारण सभा  एकैचोटी आयाेजना गर्ने भएकाे छ ।

उक्त सभा बानेश्वर ब्यांकेट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीकाे १८औं र १९औं वार्षिक साधारण सभामा सातवटा सामान्य प्रस्ताव मात्र समावेश गरिएकाे छ ।

सभामा सञ्चालक समितिका संस्थापक समूह र सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने, सञ्चालकहरुको भत्ता अनुमोदन गर्ने, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, आव २०७४/७५ र ०७५/७६ को वासलात, नाफा-नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने लगायतका एजेण्डा राखिएका छन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ देखि २५ गतेसम्म बुकक्लोज गर्ने भएकाे छ । त्यसैले, पुस १० गते बिहीबारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

कम्पनीले गत वर्षको चैत २० देखि २५ गतेसम्म १४ लाख ८५ हजार कित्ता प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणमा बिक्री गरि बैशाख ३ गते बाँडफाँड गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको