Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

निशा हुमाँगाई

सोमबार, ०७ पुस २०७६, १० : २९ मा प्रकाशित

नबिल बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडाैं - आज सोमबार (पुस ७ गते) नबिल बैंकको ३४% लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ । बैंकले पुष २२ गते वार्षिक साधारण सभा बोलाएको छ । 

त्यसैले,बैंकले मंगलबार (पुस ७ गते) बुक क्लोज गर्दैछ । नबिलले गत वर्षको १२% बोनस सेयर र बोनसमा लाग्ने करसहित २२% नगद लाभांश वितरण गर्न लागेको छ ।  

उक्त साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे सुरु हुने भएकाे छ ।

सभामा अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब पुर्याउने, प्रबन्धपत्र र नियमावली संशोधन, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पेश गरिनेछ ।

हाल नबिलको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
बोनस वितरणपछि पुँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको