Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सानिमा माईकाे शेयर मूल्य समायाेजन,कति पुग्याे ?

निशा हुमाँगाई

सोमबार, ०७ पुस २०७६, ११ : ०३ मा प्रकाशित

नेप्सेमा सानिमा माईकाे शेयर मूल्य समायाेजन,कति पुग्याे ?

अर्थ संसार, काठमाडाैं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । हाइड्रोपावरको आज (पुस ७ गते सोमबार) गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले हाइड्रोपावरको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १६६ रुपैयाँ ३६ पैसा कायम गरेको छ । 

हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न हाइड्रोपावरले पुस २७ गते वार्षिक साधारण सभा बाेलाएकाे छ । सो सभा सेलिब्रेसन हाईट, सुकेधारामा बिहान ११ बजे शुरु हुनेछ ।

साधारण सभा प्रयोजनको लागि हाइड्रोपावरले आज (पुस ७ गते) देखि बुक क्लोज गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको