Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंककाे लाभांश घाेषणा, कति पुग्याे ?

निशा हुमाँगाई

सोमबार, ०७ पुस २०७६, ११ : २८ मा प्रकाशित

एनसीसी बैंककाे लाभांश घाेषणा, कति पुग्याे ?

अर्थ संसार, काठमाडाैं - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेको छ । बैंककाे सञ्चालक समितिको बैठकले आव २०७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद  गरी कूल १५.८९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेको हाे ।

एनसीसी बैंकको हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । १५ प्रतिशतका दरले एक अर्ब २२ करोड ७६ हजार रुपैयाँ बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १५.८९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको