Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुस आजकाे विनिमयदर

निशा हुमाँगाई

सोमबार, ०७ पुस २०७६, ११ : ५० मा प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुस आजकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (सोमबार) कुवेती दिनार, ओमानी रियाल र कोरियन वनको भाउ बढेको छ । अरू विदेशी मुद्राकाे भाउ भने यथावतै रहेकाे छ ।

नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यसैगरी, आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ । आइतबार यसको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेकाे थियो । 

आज मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा ताेकिएकाे छ । हिजो यसको १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेकाे थियो ।

त्यस्तै, कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकेको छ । आइतबार यसको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा थियो । 

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ५२ पैसा तोकेको छ । आइतबार यसको खरिददर २९७ रुपैयाँ २८ पैसा रहेको थियो । 

यसैगरी, कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८२ पैसा तोकिएको छ । हिजो आइतबार यसको खरिददर ३७३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७० पैसा थियो । सोमबार बहराइन दिनारको १ को खरिददर ३०१ रुपैयाँ २ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा तोकिएको छ । 
  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको