Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले बाेलायाे साधारण सभा, कहिले, कहाँ र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

सोमबार, ०७ पुस २०७६, १२ : २१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले बाेलायाे साधारण सभा, कहिले, कहाँ र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार,काठमाडाैं - नेपाल इन्भेष्टमेन्ट बैंकले ३३औं वार्षिक साधारण सभा बाेलाएकाे छ । उक्त सभा पुष २८ गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान १० बजेदेखी शुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १९% लाभांश पारित गरिनेछ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.५% बोनस सेयर र ८.५% नगद लाभांश गरी कूल १९% लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त सभामा अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि  पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १४ गतेदेखि वार्षिक साधारण सभा सम्पन्न नभएसम्म बुक क्लोज गर्ने भएकाे छ । पुस १३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।

हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको