Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सकाे लाभांश घाेषणा, कति दिने भाे ?

निशा हुमाँगाई

सोमबार, ०७ पुस २०७६, १३ : १३ मा प्रकाशित

सिर्जना फाइनान्सकाे लाभांश घाेषणा, कति दिने भाे ?

अर्थ संसार, काठमाडौं – सिर्जना फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५.७९%  लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५% बोनस शेयर र कर प्रयोजनार्थ ०.७९% नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

 बैंकले ११ करोड ५ लाख ८७ हजार ६ सय ८० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ५८ लाख २० हजार ४ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको