Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा ५९ करोडको कारोबार, कति अंकले बढ्यो नेप्से ?

अर्थ संसार

सोमबार, ०७ पुस २०७६, १६ : २७ मा प्रकाशित

शेयर बजारमा ५९ करोडको कारोबार, कति अंकले बढ्यो नेप्से ?

 हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको दोस्रो दिन (आज) सोमबार  शेयर बजार १७.७७ अंकले बढेको छ । कुल १७७ वटा कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर खरिदविक्री हुँदा ५९ करोड ५७  लाख ६४ हजार ५४४ रुपैयाँको कारोबार भएका छ ।  

११५०.९३ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर ११६८.५८ अंकमा आइपुगेको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.९४ अंकले बढेको छ । सामूहिक लगानी कोष समूह बाहेर सवै परिसूचकहरुमा हरियाली छाएको छ । 

बढेको शेयर बजारमा बैकिङ३.३१ अंक, व्यापार १५.५७ अंक, होटल ४६.९९ अंक, विकास बैंक १६.४४ अंक, जलविद्युत ७.७६ अंक, फाइनान्स ११.५४ अंक,निर्जिवन लाइफ १५८.८ अंक, उत्पादन ११३.८९ अंक, अन्य ३१.६४ अंक , माइक्रोफाइनान्स ३०.७४ अंक र लाइफ इन्स्योरेन्स १७०.८८ अंकले बढेको छ । यता सामूहिक लगानी कोष समूह भने ०.०९ अंकले घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको