अर्थ संसार, काठमाडौं - युनिटी ट्रेडिङ्ग प्रा.लि ले ललितपुरको ग्वार्कोमा दोस्रोे बेनेली शोरूमको उद्घाटन गरेको छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । बेनेलीले १९११ देखीनै मोटरसाइकल पारखी बिच एउटा बैग्लै पहिचान बनाएको छ ।
बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्न का लागि सिर्जना गरिएको हो जस्लाई , सब भन्दा बडी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बनेको छ ।
ग्वार्कोमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकहरू रहेकाे छ । युनिटी ट्रेडिंगले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुर्याउनेछ ।
1. TNT15(150CC) at Rs230000
2. TNT150i(150cc) at Rs315000
3. BN251(250cc) at Rs520000
4.LEONCINO 250 at Rs.630000
5. TRK251 at Rs.630000
बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक श्री राजन जोशीको अनुसार माथि उल्लिखित मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हाे जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस