Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

मंगलबार, ०८ पुस २०७६, १० : ०९ मा प्रकाशित

ज्योति विकास बैंकले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार,काठमाडाैं - ज्योति विकास बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । पुस २९ गते बाेलाइएकाे बैंकको उक्त सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम  गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी, सभामा बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, म्युचुअल फण्ड स्थापना गरि कोष प्रबद्र्धकको कार्य गर्न प्रबन्धपत्र संशोधन गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुकक्लाेज गर्ने भएको छ । त्यसैले, पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको