Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकले बाेलायाे साधारण सभा, शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

मंगलबार, ०८ पुस २०७६, १२ : १३ मा प्रकाशित

सिन्धु विकास बैंकले बाेलायाे साधारण सभा, शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – सिन्धु विकास बैंकले १०औं साधारण सभा बाेलाएको छ । बैंकको साधारण सभा पुस २९ गते सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसेमा बिहान साढे ११ बजे शुरु हुने भएकाे छ ।

बैंकको हिजाे (पुस ७ गते) सम्पन्न सञ्चालक समितिको बैठकले साधारण सभा ताेकेकाे हो । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ११.५१ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि उक्त सभामा पारित गरिनेछ ।

यसका साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएकोले पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्नेछन् ।

 

5e01b15beacb3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको