Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउले माघमा विहे गर्नेलाई पुषमै तनाव !

निशा हुमाँगाई

मंगलबार, ०८ पुस २०७६, ११ : ४२ मा प्रकाशित

सुनको भाउले माघमा विहे गर्नेलाई पुषमै तनाव !

अर्थ संसार, काठमाडौं – विवाहकाे माैसम लागेसँगै नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढ्ने क्रम जारी रहेकाे छ । केही समय यता तोलाको ७० हजारमुनि झरेको सुनको मूल्य अहिले फेरि ७२ हजार नाघेको छ ।

मंगलबार सुनचाँदी दुवैको मूल्य बढेको छ । सोमबार ७१ हजार ९ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ३ सयले बढेर ७२ हजार २ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुन प्रतितोला ७१ हजार ९ सयमा कारोबार भइरहेको छ ।साथै, चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।सोमबारको तुलनामा मंगलबार बजारमा सुन ३ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको