Like us!
Follow us!
Connect us!
Watch us!

उपेन्द्र यादवले दिए राजीनामा, समाजवादी पार्टीले सरकार छाड्यो

मिलन खड्का

मंगलबार, ०८ पुस २०७६, १५ : १७ मा प्रकाशित

उपेन्द्र यादवले दिए राजीनामा, समाजवादी पार्टीले  सरकार  छाड्यो

अर्थ संसार, काठमाडौं–उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवले राजिनामा दिएका छन्।  यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन्।उनी संगै समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि राजीनामा दिएका छन्। 

यादवले सोमबार सम्पन्न मन्त्रीपरिषद बैठकमा संविधान संशोधन प्रस्ताव ल्याउन खोज्दा प्रधानमन्त्री ओलीले रोकेका थिए । राजिनामा पत्रमा लेखिएको छ –‘ मिति २०७६ पुष ७ गते बसेको मन्त्री परिषदको बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरु सम्मेलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदिय मामिला मन्त्रीको हैसियतले मैले प्रस्तुत गरेको उहाँ उक्त प्रस्तावलाई अस्वीकार गरी दुई बुँदे सहमतिबाट सरकारपछाडि हटेको तथा सहमतिलाई एकतर्फीरुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसी रहन औचित्य नभएको हुँदा पुष ८ गतेको दिन देखि लागू हुने गरी राजिनामा दिएको व्यहोरा अनुराधछ । ’

5e01dc1c8ed73.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको