Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा साल्ट्र ट्रेडिङ्गको शेयर मूल्य ह्वात्तै बढ्नुमा हाम्रो कुनै रोल छैन-सिइओ उर्मिला श्रेष्ठ

अर्थ संसार

मंगलबार, ०८ पुस २०७६, १६ : ०४ मा प्रकाशित

दोस्रो बजारमा साल्ट्र  ट्रेडिङ्गको शेयर मूल्य ह्वात्तै बढ्नुमा हाम्रो कुनै रोल छैन-सिइओ उर्मिला श्रेष्ठ

अर्थ संसार, काठमाडौं–   साल्ट्र  ट्रेडिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) उर्मिला श्रेष्ठले दोस्रो बजारमा साल्ट्र ट्रेडिङ्गको शेयर मूल्य ह्वात्तै बढ्नुमा कम्पनीको कुनै रोल नभएको बताएकी छिन । 

साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड र नेपाल जन प्रशासन संघको संयुक्त आयोजनामा होम बहादुर मल्ला सम्मान सम्बन्धमा मंगलबार आयोजित पत्रकार भेटघाट कुराकानी गर्दै सिइओ श्रेष्ठले यस्तो बताएकी हुन् ।

'हेमबहादुर मल्ल ' सम्मान कुलमान घिसिङ्ग र डा. सन्दुक रुइतलाई प्रदान गरिने 

कार्यक्रममा  पत्रकारहरुले कम्पनीको सूचना लिग भएको कारण दोस्रो बजारमा शेयरको मूल्य बढेको भन्दै कम्पनीमाथि प्रश्न चिन्ह खडा गरेका थिए  । 

शेयर बजारमा  पुष ८ गते साल्ट ट्रेडिङ्गको  मूल्य १ हजार ६ सय १६ रुपैयाँमा कारोबार भएको छ ।  १ महिना अघि अर्थात मंसिर ८ गते १ हजार ३ सय ६५ रुपैयाँ भएको शेयर मूल्य  ३ सय ११ रुपैयाँले बढेर १ हजार ६ १६ रुपैयाँमा पुगेको छ ।

शेयरधनीको आवाज सुन्यो सिभिल बैंकले, २ दिनमै लाभांश शेयरधनीको खातामा

प्रभु बैंकका सिइओ अशोक शेरचनको तलब/भत्ता २ करोड २९ लाख, कर्मचारी खर्च १ अर्बमाथि

नेपाल बंगलादेश बैंकका सिइओ ज्ञानेन्द प्रसाद ढुंगानाको तलब/भत्ता १ करोड ४१ लाख, कार्यालय खर्च ५० करोड, कर्मचारीको कति ? 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको