Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकले धमाधम पठाउन थाल्याे लाभांश, तपाईकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

निशा हुमाँगाई

बुधबार, ०९ पुस २०७६, ११ : ५८ मा प्रकाशित

नेपाल बंगलादेश बैंकले धमाधम पठाउन थाल्याे लाभांश, तपाईकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार, काठमाडौं – नेपाल बंगलादेश बैंकले साधारण सभा सम्पन्न भए लगत्तै आफ्ना शेयरधनीलाई धमाधम लाभांश पठाइरहेकाे छ । बैंकले शेयरधनीकाे खातामा ७% नगद लाभांश पठाउन थालेकाे छ ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट! 

बैंकले हिजाे (मंगलबार पुस ८ गते) बाट नगद लाभांश शेयरधनीको खातामा पठाउन सुरु गरेको हाे ।

खण्डग्रास सूर्यग्रहण : कुन राशीलाई कस्तो प्रभाव ? ज्योतिष गंगा प्रसाद ढुङ्गानाको यस्तो सल्लाह (भिडियोसहित)

साथै, बैंकले नगद लाभांश खातामा जम्मा नभएका शेयरधनीहरूलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न अनुराेध गरेको छ । अपडेट गरेपछि मात्र लाभांश पाइनेछ । 

बैंकको सोमबार (पुस ७ गते) सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७% नगद र ५% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बोनस शेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्ने बैंकले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको