Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति लाभांश दिँदै र साधारण सभा कहिले ?

निशा हुमाँगाई

बुधबार, ०९ पुस २०७६, १२ : ३० मा प्रकाशित

अरुण भ्यालीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति लाभांश दिँदै र साधारण सभा  कहिले  ?

अर्थ संसार, काठमाडौं – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बुधबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले गत आवको मुनाफाबाट ७% बोनस सेयर र ०.३७% कर प्रयोजन गरी कूल ७.३५% नगद लाभांश दिने भएकाे छ ।

त्यसैगरी, कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । साधारण सभा इन्द्रेणी फूडल्याण्ड, नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि बिहीबार (पुस १० गते) बाट बुक क्लोज गर्दैछ ।  त्यसैले आजसम्म शेयर खरिद गर्ने लगानीकर्ताले मात्र उक्त लाभांश र सभामा सहभागि हुन पाउनेछन् । 

खण्डग्रास सूर्यग्रहण : कुन राशीलाई कस्तो प्रभाव ? ज्योतिष गंगा प्रसाद ढुङ्गानाको यस्तो सल्लाह (भिडियोसहित)

उक्त सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने एजेन्डा रहेकाे छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ९३ करोड ३० लाख १२ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि पुँजी ९९ करोड ८३ लाख २२ हजार रुपैयाँ पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको