Like us!
Follow us!
Connect us!
Watch us!

आतङ्ककारी आक्रमणमा परी कम्तीमा ३५ सर्वसाधारण मारिए

मिलन खड्का

बुधबार, ०९ पुस २०७६, १४ : २८ मा प्रकाशित

आतङ्ककारी आक्रमणमा परी कम्तीमा ३५ सर्वसाधारण मारिए

अर्थ संसार,बुर्किना फासो-उत्तरी बुर्किना फासोमा मङ्गलबार बिहान  भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा ३५ सर्वसाधारण मारिएका छन् । 

राष्ट्रपति रोच मार्क क्रिस्टीयनका बोरले दिनुभएको जानकारी अनुसार मङगलबार बिहानै जिहादीहरुको एउटा ठूलो समूहले आक्रमण गरेका थिए । 

आतङ्ककारी आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधारण मारिएपछि यहाँ दुई दिन राष्ट्रिय शोकको घोषणा भएको छ । राष्ट्रपति उक्त घोषणा गर्नु भएको हो । 
देशको सौम प्रान्त अन्तर्गत पर्ने अर्बिन्द भन्ने ठाउँमा घटना भएको राष्ट्रपतिद्धारा जारी  वक्तव्यमा उल्लेख गरिएको छ । 

राष्ट्रपति काबोरले सामाजिक सञ्जाल ट्वीटरमा सुरक्षाकर्मीहरुले आफ्नो विरता प्रस्तुत गरेको उल्लेख गर्नुभएको छ । मृत्यु भएका ३५ सर्वसाधारणमा अधिकांश महिला रहेका उहाँले बताउनुभयो ।
सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता रेमिस डान्डजीमौले मृत्यु भएका मध्ये ३१ जना महिला रहेको पुिष्ट गर्नुभयो ।   

राष्ट्रपति काबोरले मृतकप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै दुई दिन राष्ट्रिय शोकको घोषणा गर्नु भएको हो ।
घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेबारी नलिएको समाचारमा जनाइएको छ । बुर्किना फासोमा यस्ता आक्रमणका घटना बारम्बार हुने गरेको पाइन्छ  । 

त्यसैगरी अर्को घटनामा स्थानीय सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा ८० जिहादीहरु मारिएका सेनाले जनाएको छ । घटनामा परी अरु २० जना जिहादी घाइते भएका छन् ।
सन् २०१५ देखि भएका विभिन्न लडाकू आक्रमणमा परी बुर्किना फासोमा अहिलेसम्म कम्तीमा ७ सय भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २०० जना सुरक्षाकर्मी रहेका छन् । 
हिंसात्मक घटना भइरहेकाले हजारौ स्थानीय बासिन्दा विस्थापित भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको