Like us!
Follow us!
Connect us!
Watch us!

सिर्जना फाइनान्सले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

बुधबार, १६ पुस २०७६, १० : ५६ मा प्रकाशित

सिर्जना फाइनान्सले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार, काठमाडौं – सिर्जना फाइनान्सले १८औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । फाइनान्सले माघ ११ गतेकाे लागी बाेलाएकाे उक्त सभा उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजेदेखि शुरु हुने भएकाे छ । सभामा कम्पनीले १५% बोनस सेयर र ०.७९% कर प्रयोजनार्थ गरी कूल १५.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

त्यसैगरी, सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने, आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल  गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डामा छलफल हुनेछ ।

यसका साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि फाइनान्सले माघ ३  गतेदेखि ११ गतेसम्म बुक क्लोज गर्दैछ । तसर्थ, माघ २ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको