Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन वर्षलाई सफल बनाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्ताे निर्देशन

निशा हुमाँगाई

बुधबार, १६ पुस २०७६, १६ : ३८ मा प्रकाशित

पर्यटन वर्षलाई सफल बनाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्ताे निर्देशन

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले हिजाे मंगलबार एक विज्ञप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेबसाइट तथा आधिकारिक सामाजिक संजालमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राख्नुपर्ने बताएकाे छ । पर्यटन वर्षलाई सफल बनाउन उद्देश्यले बैंकले उक्त निर्देशन दिएको हो ।

त्यसैगरी, धेरै पर्यटक आगमन हुने प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसँग समन्वय गरी सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यटकलाई सहज हुने शौचालय, डस्टबिन, पिउने पानी तथा विश्रामस्थल जस्ता पूर्वाधार निर्माणमा सहभागीता जनाउन पनि राष्ट्र बैंकले आग्रह गरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको